काठमाडौं। संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा गरेका छन्। सचिव घिमिरेले सचिवालयका महासचिव भरतराज गौतमलाई राजीनामा पत्र बुझाएका हुन्।
उक्त पत्र बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ। सचिव घिमिरेले मंगलबार महासचिव गौतमलाई राजीनामा दिएको र आज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले राजीनामा स्वीकृत गरेको घिमिरेले जानकारी दिए।
घरायसी समस्याका कारण कार्यकाल पूरा नगरी राजीनामा गर्नुपर्ने अवस्था आएको घिमिरेले बताएका छन्।
प्रकाशित: २८ मंसिर २०७९, बुधबार १३:५५