आम निर्वाचनमा ४ हजार २८५ उम्मेदवारको धरौटी जफत



काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको जानकारी दिए। जसमा पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य उम्मेदवार एक जना छन्।

‘जम्मा मतको १० प्रतिशत नल्याउने प्रतिनिधिसभातर्फका १७ सय ७२ पुरुषसहित १९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला उम्मेदवारको जमानत जफत भएको छ’, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘यसो गर्दा प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ जम्मा ४ हजार ८५ जना उम्मेदवारको धरौटी जफत भएको छ।’ उनका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ कुनै एक सिट नपाएका दलहरुको पनि धरौटी जफत भएको छ।

‘समानुपातिकतर्फ बन्द सूची पेश गर्ने ४७ मध्ये ४० दलको धरौटी जफत भएको छ’, उनले भने, ‘प्रतिनिधिसभाको समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ। पहिलो हुने निर्वाचनतर्फ १ सिट पाउनै पर्छ। यस्तोमा सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन्।’

Tags :

प्रकाशित: २८ मंसिर २०७९, बुधबार १४:०८