काठमाडौं। टीकापुर हत्याकाण्डमा अदालतलबाट दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका रेशम चौधरीको पक्षमा बुधबार राजधानीमा प्रदर्शन भएको छ।
थारु कल्याणकारिणी सभा र थरुहट-थारुवान संघर्ष समितिले बुधबार राजधानीको माइतीघरमा रेशमको पक्षमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका सहभागीहरूले ‘जनताको लागि लडेको, जेलमै सड्नु परेको’, ‘मानवताको अधिकार, हाम्रो पनि बराबर’, ‘चर्चित नेता गगन थापा धनगढीमा के बोल्यौ?’, ‘न्याय देऊ, न्याय देऊ, रेशमजीलाई बाहिर लेऊ’, सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले विवादित अध्यादेशमार्फत रेशमलाई रिहा गराएर नागरिक उन्मुक्ति पार्टीलाई सत्तामा ल्याउने कोसिस गरिरहेको छ।
मुलुकी फौजदारी संहिता कार्यविधि संशोधन गर्ने गरी जारी अध्यादेशलाई सरकारले प्रमाणीकरणका लागि हाल राष्ट्रपतिकहाँ पठाएको छ। सरकारले ल्याउन लागेको अध्यादेशको भने चौतर्फी विरोध भइरहेको छ।
प्रकाशित: २८ मंसिर २०७९, बुधबार १७:२३