एकै पटक आठहजार शशस्त्र प्रहरी जवानको सरुवा


तरुण पत्रिका

२८ मंसिर २०७९, बुधबार २०:१९

काठमाडौं । मंगलबार एकैपटक आठ हजार चार सय अठासी जना जवानको सरुवा भएकाको छ । सशस्त्र प्रहरी बलले एकैपटक यति धेरै जवानको सरुवा गरेको हो। सरुवा प्रयोजनको लागि केही समय अघि मात्र देशभरका जवानहरूलाई प्राथमिकता अनुसार तीन वटा युनिटको नामा लेखाएर फारम नै भराइएको थियो । सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको छ ।

यस्तै सीमावर्ती इलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरूलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको शशस्त्रले जनाएको छ।

यस्तै मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।

 

प्रकाशित: २८ मंसिर २०७९, बुधबार २०:१९