काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अर्थतन्त्र सुधार गर्न सुझाव दिएका छन्।
नुवाकोटबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका केसीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेर देशको अर्थतन्त्र धराशायी बन्दै गएकोमा अब बन्ने गठबन्धनको नयाँ सरकारले त्यसबारे गम्भीर भएर कदम चाल्नुपर्ने बताए ।
अर्थतन्त्र सुधार नभएसम्म देशले विकासको गतिविधिमा फड्को मार्न नसक्ने भन्दै उनले नयाँ सरकाले अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्ने र काम सुरु गरिहाल्नुपर्ने बताए ।
भेटको क्रममा केसीले नुवाकोटको विकास र गौरवको योजनाबारे समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए । उनले किसानले रासायनिक मल नपाएर दुख पाएको भन्दै किसानको विषयमा पनि सरकार थप गम्भीर भएर लाग्न अनुरोध गरेका थिए ।
प्रकाशित: २८ मंसिर २०७९, बुधबार २०:५८