मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने


तरुण पत्रिका

२९ मंसिर २०७९, बिहीबार ०८:४५

काठमाडौं। मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा पुगेको छ।

कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि नजिकै पुगेको हो।

फ्रान्सका लागि खेलको पाचौँ मिनेटमा थिओ फर्नान्डेजले गोल गरेर अग्रता दिलाएका थिए। यस्तै ७९ मिनेटमा रान्डल कोनो मुआनीले गोल गरेर अग्रता दोब्बर बनाए।

फ्रान्सले अब उपाधिको लागि आइतबार राती अर्जेन्टिनासँग खेल्नेछ। क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ।

फ्रान्सले क्वाटरफाइनलमा इङ्गल्यान्डलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै पहिलोपटक सेमिफाइनलमा पुगेको अफ्रिकन राष्ट्र मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएको थियो।

Tags :

प्रकाशित: २९ मंसिर २०७९, बिहीबार ०८:४५