निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझायो


तरुण पत्रिका

२९ मंसिर २०७९, बिहीबार ११:५५

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण पेस गरेको छ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेका हुन्।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो। प्रमुख आयुक्त थपलियाका अनुसार देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यको विवरण आगामी २ पुसमा एकै पटक र एउटै समय प्रदेश प्रमुखसमक्ष पेस गरिने कार्यक्रम छ।

Tags :

प्रकाशित: २९ मंसिर २०७९, बिहीबार ११:५५