चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत भेटिए,


तरुण पत्रिका

२९ मंसिर २०७९, बिहीबार १३:०१

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन्। निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो।

सो गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए। यस्तै निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान एक पोथी गैंडा मृत फेला परेको छ।

१५ वर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए। गैंडाको खाग र खुर सुरक्षित छ। चालु आर्थिक बर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन्।

Tags :

प्रकाशित: २९ मंसिर २०७९, बिहीबार १३:०१