काठमाडौं। धितोपत्र कारोबार हुने साताको अन्तिमदिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १४.४८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८८२.६ को विन्दुमा झरेको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१५ अंकले घटेर ३६८.०४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा १ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक १.४९ प्रतिशतले ओरालो लागेको छ।
उत्पादन तथा प्रशोधन समूह १.२८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४१ प्रतिशत, विकास बैंक समूहमा ०.७६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७६ प्रतिशत, जलविद्युत समूहमा १.०६ प्रतिशत, लगानी समूहमा ०.८० प्रतिशत, जीवन बीमा समूहमा १.११ प्रतिशत, लघुवित्त समूहमा ०.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १ प्रतिशत, निजींवन बीमा समूहमा ०.५२ प्रतिशत, अन्य समूहमा १.१५ प्रतिशत र व्यापार समूहमा ०.२८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरू
आज नेप्सेमा सूचीकृतमध्ये २५४ कम्पनीका ४८ लाख ४ हजार २७९ कित्ता सेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार १८८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन एनसीसी बैंकको संस्थापक सेयरको सर्वाधिक २२ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
शिवम सिमेन्टको ९ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिवाईसी लघुवित्तको ६ करोड ३९ लाख रुपैयाँ, नेपाल टेलिकमको ५ करोड ३३ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ७२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड १९ लाख रुपैयाँ, रिडी पावरको २ करोड २९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ८२ लाख रुपैयाँ, प्रभु बैंकको १ करोड ७९ लाख रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको १ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दुईवटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। रुरु जलविद्युत र इस्टर्न हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन पिपुल्स हाइड्रोपावरको सेयरभाउमा नेगेटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरभाउ १० प्रतिशतले ओरालो लागेको छ।
प्रकाशित: २९ मंसिर २०७९, बिहीबार १५:३७