काठमाडौं। निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामबारे जानकारी गराएको छ।
बिहीबार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाएसँगै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री देउवालाई पनि जानकारी गराएको हो।
निर्वाचन परिणामबारे जानकारी गराउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियतासहित आयोग पदाधिकारी बालुवाटार पुगेका थिए।
प्रकाशित: २९ मंसिर २०७९, बिहीबार १७:५१