तनहुँमा बस दुर्घटना, १८ जना घाइते


तरुण पत्रिका

२९ मंसिर २०७९, बिहीबार १९:५९

तनहुँ । म्याग्दे गाउँपालिका–६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग १ ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

चालक नरबहादुर लामासहित १८ जना घाइतेहरूको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २९ मंसिर २०७९, बिहीबार १९:५९