पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त



काठमाडौं। पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन्।

कतारमा भइरहेको फिफा विश्व कपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएपछि पोर्चुगल फुटबल महासङ्घले सान्तोषलाई बर्खास्त गरेको हो।

विश्व कपको अन्तिम–१६ र क्वाटरफाइनलका खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि प्रशिक्षक सान्तोषको आलोचना भएको थियो।

पहिलो पटक क्वाटरफाइनमा पुगेको मोरक्कोसँग पोर्चुगल १-० गोलले पराजित भएपछि बाहिरिएको थियो।

सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिपसम्मका लागि सान्तोषले सम्झौता गरेका थिए। तर सम्झौता अगाडि नै उनी बर्खास्त भएका हुन्।

Tags :

प्रकाशित: १ पुष २०७९, शुक्रबार १०:१३