काठमाडौं। कतारमा जारी विश्वकपको आइतबार हुने फाइनल पोल्यान्डका रेफ्री सिमन मार्सिनियाकले खेलाउने भएका छन्।
उनी विश्वकपको फाइनल खेलाउने पहिलो पोलिस रेफ्री बन्नेछन्। दुवै असिस्टेन्ट रेफ्री पनि पोल्यान्डकै छन्।
भार हेर्न जिम्मा पनि पोलिस रेफ्रीलाई नै दिइएको छ। ४४ वर्षीय मार्सिनियाकले समूहगत चरणमा फ्रान्स र डेनमार्क तथा प्रिक्वाटरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल खेलाएका थिए।
ती दुई खेलमा विजयी भएका फ्रान्स र अर्जेन्टिनाले विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
प्रकाशित: १ पुष २०७९, शुक्रबार १०:२४