इन्धनको मूल्य घट्यो



काठमाडौं। नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो।

आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ।

यो पनि पढ्नुहोस् 

पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आयो, निगमले के गर्ला ?

Tags :

प्रकाशित: १ पुष २०७९, शुक्रबार २०:२६