उच्च पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना


तरुण पत्रिका

२ पुष २०७९, शनिबार ०७:४२

काठमाडौं। उच्च पहाडी भू-भागको केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो। देशका अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही हल्का वर्षा हुनुका साथै उच्च पहाडी भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका केही भू-भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ। साथै देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोसमेत बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tags :

प्रकाशित: २ पुष २०७९, शनिबार ०७:४२