काठमाडौं। आज काठमाडौं विश्वको १३औं प्रदूषित शहर बनेको छ। वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाडौं प्रदूषित सहरको १३औं स्थानमा पुगेको हो।
आज बिहान काठमाडौं उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १ सय ६० रहेको छ। बिहान सबैभन्दा धेरै भक्तपुरको सूर्यविनायकमा एक्यूआई १ सय ६० पुगेको छ।
यस्तै, भक्तपुरका तीन वटा स्टेसनको एक्यूआई १ सय ५० भन्दामाथि रहेको छ। एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ। त्यसभन्दा माथि अस्वस्थ मानिन्छ।
प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर, दोस्रोमा बङ्लादेशको ढाका, तेस्रोमा पाकिस्तानकै कराँची, चौथो र पाँचौँमा भारतको नयाँ दिल्ली र कोलकाता रहेका छन्।
प्रकाशित: २ पुष २०७९, शनिबार ०८:१६