बैतडीमा शिक्षक मृत भेटिए


तरुण पत्रिका

२ पुष २०७९, शनिबार १६:२४

बैतडी। बैतडीको पाटनमा एकजना शिक्षक मृत फेला परेका छन्।

सुर्नया गाउँपालिका-२ घर भइ कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन्।

अन्दाजी ५५ वर्षीय बिष्ट कृष्ण माविको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा शनिबार दिउँसो फेला परेका इलाका प्रहरी कार्यालय पाटनका बरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले जानकारी दिए।

पाटनमा बहुमुखी क्याम्पसमा समेत पढाउँदै आएका बिष्टको मृत्युको कारण भने खुल्न सकेको छैन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको ।

Tags :

प्रकाशित: २ पुष २०७९, शनिबार १६:२४