रामेछापमा गाडी दुर्घटना हुँदा ९ जना घाइते


तरुण पत्रिका

२ पुष २०७९, शनिबार १६:३५

काठमाडौं। रामेछापमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

उमाकुण्ड गाउँपालिका-७ एकराते छागा स्थित दुरागाउँबाट भुजितर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

शनिबार दिउँसो पौने १२ बजे बा ११ च ७५९१ नम्बरको गाडी आफैं अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका तीन जनालाई अन्नपूर्ण हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ।

लिखुतामाकोशी गाउँपालिका-१ कोटेगाउँकी ३२ वर्षीया बिमला सुनुवार, चालक ३९ वर्षीय विमल सुनुवार र ३४ वर्षीय राजन भन्ने राजकुमार थापालाई काठमाडौं ल्याइएको हो।

बिमला र विमलको टाउकोमा गम्भीर चोट लागेको छ। यता राजनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
अरूको उपचारको लागि मन्थली अस्पताल पठाइएको छ।

Tags :

प्रकाशित: २ पुष २०७९, शनिबार १६:३५