कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


तरुण पत्रिका

२ पुष २०७९, शनिबार १९:३१

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

४ मंसिरको चुनावपछि बस्न लागेको यो दोस्रो कार्यसम्पादन समितिको बैठक हो । यो बैठकमा संसदीय दलको नेता चयन र नयाँ सरकारका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसमा हालसम्म सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतले संसदीय दलको नेतामा दावी गरेका छन् ।

 

प्रकाशित: २ पुष २०७९, शनिबार १९:३१