प्रधानमन्त्री देउवा नै बन्नुहुन्छः महत


तरुण पत्रिका

२ पुष २०७९, शनिबार २०:४७

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्। महतले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए।

शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले सांसदहरूको भेला आयोजना गरेका थिए। त्यस कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेपनि कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताए।

‘प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि इच्छा व्यक्त गर्नु भएको छ। त्यसलाई हामीले भन्न नमिल्ने भन्ने कुरा छैन। प्रधानमन्त्री भइसकेको व्यक्तित्व हुनुहुन्छ उहाँ। नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ। त्यसलाई हामी सम्मान नै गर्छौं तर अहिलेको अवस्थामा नेपाली कांग्रेसको नेतृत्व चाँही स्वभाविक ठर्हछ,’ उनले भने।

प्रकाशित: २ पुष २०७९, शनिबार २०:४७