साविक उपविजेता क्रोएसिया विश्वकप फुटबल २०२२ मा तेस्रो



काठमाडौं। साविक उपविजेता क्रोएसिया विश्वकप फुटबल २०२२ मा तेस्रो भएको छ।

शनिबार राती सकिएको खेलमा मोरक्कोलाई २-१ ले हराउँदै क्रोएसिया तेस्रो भएको हो। क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरे भने मोरक्कोका अक्रफ दारीले गोल गरे।

क्रोएसिया विश्वकपको गत संस्करणकाे उपविजेता टिम हो। उसले फ्रान्ससँग फाइनलमा पराजय भोग्नु परेक थियो।

क्रोएसियाले खेलको सातौं मिनेटमा गाेल गर्दै अग्रता लिएको खेलको नवाैँ मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो। क्रोएसियाले ४२ औं मिनेटमा गोल गर्दै अग्रता लियो। त्यसपछि कुनै टिमले गोल गर्न सकेनन् र क्रोएसिया विजयी भयो।

मोरक्को आज पराजित भएपनि विश्वकप फुटबलको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश बनेको छ।

प्रतियोगिताको फाइनलमा आइतबार फ्रान्स र अर्जेन्टिना खेल्नेछन्। खेल नेपाली समय अनुसार राती पाैने ९ बजे सुरू हुनेछ।

Tags :

प्रकाशित: २ पुष २०७९, शनिबार २३:३२