किर्ते गरि६६ लाख हिनामिना गर्ने मन्दिरका महन्त पक्राउ


तरुण पत्रिका

३ पुष २०७९, आईतवार १०:५१

जनकपुर- मटिहानी मन्दिरका महन्त जगन्नाथ दास पक्राउ परेका छन्। किर्ते गरेको आरोपमा रुपन्देही प्रहरीले आइतबार बिहान उनलाई मटिहानीबाट पक्राउ गरेको हो।

महन्त दासले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी रुपन्देहीको बैंकबाट ६६ लाख बढी रकम झिकेको आरोप लागेको छ।

महामहन्त दासले आफ्नै नाममा रहेको सिद्धार्थनगर शाखाको मेघा बैंकको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा त्यो पैसा टान्सफर गरेको पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक्का राखेको उनको नामको खाता फुकुवा गराउन महामहन्त दासले त्यहाका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेका थिए।

Tags :

प्रकाशित: ३ पुष २०७९, आईतवार १०:५१