काठमाडौं। काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको क्यान्टिनमा प्रेसर कुकर विस्फोट हुँदा तीन जना घाइते भएका छन्।
शनिबार राति करिब साढे ८ बजेतिर क्यान्टिनमा खाना पकाउनेक्रममा एक्कासी विस्फोट हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा ११ वर्षीय बालक आयुष बुढा, जवानद्वय यमनाथ योगी र हिरासिंह बराल रहेका छन्।
उनीहरूको उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित: ३ पुष २०७९, आईतवार १३:०१