काठमाडौं। सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदहरुको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने ठहर गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पदाधिकारी बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डले पहिले सांसदहरुको सपथग्रहण हुनुपर्ने निष्कर्ष पार्टीको रहेको बताए।
त्यसपछि अरु विषयमा छलफल गर्ने उनको भनाइ थियो । माओवादीको पदाधिकारी बैठक अनौपचारिक रुपमा मात्र भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारको नेतृत्वमा माओवादीको दाबी रहने बताए। तर, पहिले सपथग्रहण हुनुपर्ने पार्टीको निर्णय रहेको उनले सुनाए।
प्रकाशित: ३ पुष २०७९, आईतवार १६:४७