कांग्रेसले संसदीय दलको चुनाबका लागि समिति बनायो



काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको हो।

प्रार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सहमहामन्त्री भीष्मराज आङदेम्बे संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको जानकारी दिए।

‘संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति बनाइएको छ’, उनले भने, ‘ आङ्देम्बे संयोजक रहेको समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य रहनु भएको छ।’

महतले मंगलबार बिहान निर्वाचन हुन सक्ने बताए। ‘पर्सि बिहानसम्म निर्वाचन हुन सक्छ। नभए निकोर्सि निर्वाचन गर्छौँ’, उनले भने, ‘सकेसम्म सर्वसम्मत हुन्छ नभए निर्वाचन प्रक्रिया छँदैछ।’

Tags :

प्रकाशित: ३ पुष २०७९, आईतवार १६:५९