मेस्सीको विश्व च्याम्पियन सपना पूरा



काठमाडौं। सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले विश्व च्याम्पियन सपना पूरा गरेका छन्। विश्वकप फुटबलको आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई हराउँदै मेस्सीले विश्वकप उपाधिको सपना पुरा गरेका हुन्।

सन् २००५ मा सिनियर अन्तर्राष्टिय फुटबलमा डेब्यु गरेका मेस्सीले जित्न बाँकी यहि मात्र एक प्रतियोगिता थियो। क्लब फुटबलका सबै उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि उपाधि जित्न नसकेको भनेर उनको आलोचना हुँदै आएको थियो।

गत वर्ष मात्र उनले सिनियर राष्ट्रिय टोलीका लागि पहिलो उपाधि जितेका थिए कोपा अमेरिकाका रुपमा। ब्राजिललाई उसकै मैदानमा हराएर अर्जेन्टिनाले २८ वर्षपछि पहिलो सिनियर अन्तरराष्ट्रिय उपाधि जितेको थियो।

मेस्सी अब पेले र म्याराडोनाजस्तै विश्वकप जित्ने खेलाडी बनेका छन्। सन् २०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेस्सीले आफ्नो भागमा सिनियर अन्तर्राष्टिय उपाधि लेखेको रहेनछ भन्दै सन्याश लिएका थिए।

तर चौतर्फी दबाबपछि उनी सन्यास फिर्ता लिएर राष्ट्रिय टोलीमा र्फिर्कएका हुन्। मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनल पुगेपनि उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो।

मेस्सीले विश्वकप पछि सन्यासको घोषणा गरिसकेका छन।

Tags :

प्रकाशित: ४ पुष २०७९, सोमबार ००:२३