राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा लामिछाने चयन



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन्।

आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
उनले बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात र सामानुपातिकमा सात गरि १४ सांसद जितेको छ।

 

Tags :

प्रकाशित: ४ पुष २०७९, सोमबार १०:३३