काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन्।
पार्टी अध्यक्षसमेत रहेका नेपाललाई सोमबार संसदीय दलको नेतामा चयन गरिएको हो ।
पार्टीले संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । उनीहरू सर्वसम्मत चयन भएका हुन् । सचेतकमा प्रकाश ज्वाललाई चयन गरेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
प्रकाशित: ४ पुष २०७९, सोमबार १५:२९