खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारमा भीषण आगलागी भएको छ। अहिलेसम्म पाँचवटा घर पूर्ण रुपमा जलिसकेको छ।
आगो नियन्त्रणबाहिर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल राईले जानकारी दिए।
बजारका एक स्थानीयको घरबाट सल्किएको आगो खाना पकाउने ग्यास सिलिन्डर पड्किएपछि अन्य घरमा पनि सुरु भएको उनको भनाइ छ।
प्रहरी निरीक्षक किरण राईको टोली आगलागी स्थलमा पुगिसकेको छ । स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको राईले बताए । भर्खरैबाट आगलागी भएका कारण घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित: ४ पुष २०७९, सोमबार १९:०४