कांग्रेस संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता, को को बन्लान् उम्मेद्वार ?



काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मङ्गलवार उम्मेदवारी दर्ताको तालिका रहेको छ।

निर्वाचन समितिका संयोजक भिष्मराज आङ्देम्बेका अनुसार आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

समितिले बुधवार हुने निर्वाचनका लागि मतदाताको नामावली सोमबार नै सार्वजनिक गरिसकेको छ।

संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिने पक्का जस्तै छ। नेता शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी गरेका छन्।

सोमबार एक भेला गरेर गगन थापाले आफूलाई सघाउन आग्रह गरेका थिए। उनले अब आफू पछि नहट्ने पनि बताएका छन्।

कांग्रेस संसदीय दलको नेताको चुनावमा नवनिर्वाचित ८९ जना सांसद मतदाताको रुपमा रहनेछन्।

 

Tags :

प्रकाशित: ५ पुष २०७९, मंगलवार ०९:००