कांग्रेस संसदीय दल : देउवाको प्रस्तावकमा पौडल


तरुण पत्रिका

५ पुष २०७९, मंगलवार १४:५२

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन्।

पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन्।

यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। बुधबार हुने संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार रहेका छन्।

Tags :

प्रकाशित: ५ पुष २०७९, मंगलवार १४:५२