कांग्रेस संसदीय दलको चुनाब (फोटो फिचर)


तरुण पत्रिका

६ पुष २०७९, बुधबार ०९:५६

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि अहिले मतदान जारी छ।

जसमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा उम्मेदवार छन्।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान पौने ९ बजेपछि मतदान सुरु भएको हो। मतदान बिहान १० बजेसम्म जारी रहनेछ।

मतदान सकिएपछि आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ। यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन्।           

Tags :

प्रकाशित: ६ पुष २०७९, बुधबार ०९:५६