सुत्केरी सांसदको अस्पतालमै मतदान


तरुण पत्रिका

६ पुष २०७९, बुधबार १०:०४

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सुत्केरी सांसदलाई मतदान गराउन प्रतिनिधिहरू अस्पताल पुगेका छन्।

सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिहरू अस्पताल गएका हुन्।

उनी ओम अस्पतालमा छिन्। अन्य सांसदहरूले मतदान गरिसकेका छन्। अब राई एक जना मात्रै बाँकी छन्।

दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको प्रतिस्पर्धा छ। बिहान ८ बजे सुरु हुने भनिएको मतदान करिब ४५ मिनेट ढिला सुरु भएको थियो।

Tags :

प्रकाशित: ६ पुष २०७९, बुधबार १०:०४