कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

मतान्तर ३९


तरुण पत्रिका

६ पुष २०७९, बुधबार ११:१३

काठमाडौं। सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे।

निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए।           

Tags :

प्रकाशित: ६ पुष २०७९, बुधबार ११:१३