गोप्य सहमति नगर्न सभापति देउवालाई महामन्त्री थापाको कडा चेतवानी


तरुण पत्रिका

६ पुष २०७९, बुधबार १२:०२

काठमाडौ । संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएका कांग्रेस महामन्त्री गगन थापाले नयाँ सरकार बनाउँदा गठबन्धनका नाममा अँध्यारा कोठाभित्र हुने गोप्य सहमति नमान्ने चेतावनी दिएका छन् । संसदीय दलको निर्वाचन सकिएसँगै अब कांग्रेसले नयाँ सरकार आफ्नै नेतृत्वमा बनाउन पहल गर्नुपर्ने तर कुनै पनि पदका लागि हुने आलोपालोका गोप्य सहमति भने मान्य नहुने चेतावनी महामन्त्री थापाले दिए ।

उनले सरकार गठनका लागि हुने सबै निर्णयहरू पारदर्शी हुनुपर्ने बताउँदै अन्यथा ती सहमतिहरू बोक्न कांग्रेस बाध्य नहुने चेतावनी दिए । उनले छलफल र निर्णयहरू पारदर्शी नभए कांग्रेसले नबोक्ने र भोलि कसैले पनि कांग्रेसले धोका दियो भन्न नपाइने बताए । पछि गएर कांग्रेसले धोका दियो भन्न पाउनुहुन्न । पार्टीको संसदीय दल र सम्बन्धित समितिमा छलफलबेगर त्यस्तो सहमति गरियो भने त्यो उहाँको व्यक्तिगत कुरा हुन्छ । त्यसको दायित्व पार्टीले बोक्दैन,’ थापाले भने ।

प्रकाशित: ६ पुष २०७९, बुधबार १२:०२