जेष्ठ सांसद राणाले राष्ट्रपतिबाट लिए शपथ



काठमाडौं। प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रूपमा राप्रपा सांसद पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्।

बुधबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति भण्डारीले राणालाई शपथ गराएकी हुन्। बिहीबार ज्येष्ठ सदस्य राणाले २७४ प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने छन्।

निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्रराय यादवको उमेर ८५ वर्ष उल्लेख थियो। तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै शपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो।

सोही नाम संसद् सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि बुधबार राणाले शपथ लिएका हुन्।

संसद् सचिवालयले ७ पुस (बिहीबार) प्रतिनिधिसभा सदस्यहरूको शपथ हुने सूचना जारी गरेको छ। राष्ट्रपति भण्डारीले आगामी १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिसकेकी छन्।

Tags :

प्रकाशित: ६ पुष २०७९, बुधबार १५:१४