बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु, १७ घाइते 


तरुण पत्रिका

६ पुष २०७९, बुधबार १५:२३

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, बिहानी पम्पनजिकै दुई सवारीसाधन आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २६४४ नम्बरको बस र काठमाडौंबाट लमजुङको बेँसीसहरतर्फ जाँदै गरेको बा२ख ४७६२ नम्बरको माइक्रोबस ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा माइक्रोमा सवार लमजुङको दोर्दी गाउँपालिका–९, धरैनीटोल स्याउलाकी विमला सुनारको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूको काठमाडौंस्थित ट्रमा सेन्टर, मेडिसिटी र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको खत्रीले बताए।

Tags :

प्रकाशित: ६ पुष २०७९, बुधबार १५:२३