काठमाडौं। कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज अध्यागमनमा बुझाइँदै छ।
दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपालको केन्द्रिय कारागार सुन्धारामा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधवार आदेश दिएको थियो।
अमेरिकी नागरिकको हत्या प्रकरणमा १९ वर्ष लामो सजाय काटिसकेका शोभराजको उमेर ७७ वर्ष नाघिसकेकाले सर्वोच्च अदालतले उनको ७५ प्रतिशत सजाय माफी मिनाह हुने आदेश गरेको थियो।
सर्वोच्चको आदेशअनुसार बिहीबार नै दुवै अदालतबाट शोभराजले सजाय कटाइसकेको पत्र केन्द्रिय कारागारमा पठाएका थिए।
काठमाडौं अदातले युनुसमाथिको गोलीकाण्डमा सजाय भोगिसकेको पत्र पनि पठाइदिएपछि शोभराज शुक्रबार रिहा हुन लागेका हुन्। उनलाई अब जेलबाट सिधै अध्यागमन विभागमा लगेर बुझाइँदैछ।
त्यहाँबाट उनलाई अध्यागमन विभागले फ्रान्सतर्फ डिपोर्ट गर्ने छ। सम्बन्धित समाचार शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश
प्रकाशित: ८ पुष २०७९, शुक्रबार ०९:३६