सभापति देउवाले कांग्रेसका सांसद्हरुलाई बालुवाटार बोलाए



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मध्यान्ह १२:३० बजे कांग्रेस सांसदहरुको भेला प्रधानमत्री निवासमा हुँदैछ।

दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो। महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका थिए।

सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरुलाई बोलाएका हुन्। पन्तका प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९ सांसद् छन्।

Tags :

प्रकाशित: ९ पुष २०७९, शनिबार ११:२७