सुर्खेत। नेपाल पत्रकार महासंघको साधारणसभा १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ।
शुक्रबारदेखि सुर्खेतमा सुरु भएको साधारण सभामा देशभरबाट सयौं पत्रकार उपस्थित थिए। कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।
उद्घाटन सत्रमा पत्रकारिता क्षेत्रमा लामो सय सक्रिय रुपमा सहभागी सञ्चारकर्मी एवं पत्रकारलाई राष्ट्रपति भण्डारीले सम्मान पनि गरेकी थिइन्।
महासंघले जारी गरेको सुर्खेत घोषणापत्रमा पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग गरी भइरहेको स्वतन्त्रताको हक हनन, विभिन्न तहका सरकारमा भइरहेका सूचनाको हकको हनन, सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माणमा ढिलाइ जस्ता विषयलाई जोड दिइएको छ।
प्रेस स्वतन्त्रता हननका घटना रोक्न समेत महासंघले जोड दिएको छ।
प्रकाशित: ९ पुष २०७९, शनिबार १४:४२