नयाँ सरकार बनाउन बालुवाटारमा गठबन्धनको बैठक सुरु



काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको छ।

बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्न बैठक बसेको हो।

गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको थियो। यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए। सो क्रममा उनले हालको गठबन्धन यथावत राख्न जोड दिएका थिए।

Tags :

प्रकाशित: ९ पुष २०७९, शनिबार १६:३३