काठमाडौं। सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्।
बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कार्कीले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद नरहेको बताए।
उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको उल्लेख गर्दै कसले नेतृत्व गर्ने भन्ने विषय भोलि बस्ने बैठकले टुंगो लगाउने बताए।
प्रकाशित: ९ पुष २०७९, शनिबार १९:२३