काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भइरहेको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि मिसिएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार दुई नेताबीच भइरहेको ‘वान टु वान’ वार्ताको क्रममा अध्यक्ष नेपाल प्रवेश गरेका छन्।
प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधीले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने बताएका थिए।
निधीको भनाइपछि निर्णायक छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।
प्रकाशित: १० पुष २०७९, आईतवार ११:५५