गठबन्धन बलियो बनाउन यस्ता छन् विश्वप्रकाश शर्माका सात सुझाव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

गठबन्धनमा शीर्ष तहमा भएका सहमतिअनुसार तीन नेताहरूबीचको आलोपालोलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।

उनले ट्वीटरमा लेखेका छन्, ‘एक्लो बहुमतमाझ हामी कसैसँग छैन । गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ। त्यसैले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गरौं । २-२-१ मा परिपक्वता छ। तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ।’

एक्लो बहुमत कसैको नआएको भएकाले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात गर्न आग्रह गरेका छन्।

उनले गठबन्धन जोगाउँदै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि गठबन्धनमा जोड्न आग्रह गरेका छन्। रास्वपाले प्रतिनिधिसभामा २० सीट जितेर चौथो शक्ति बनेको छ।

यी हुन् महामन्त्री शर्माका सात सुझाव
गठबन्धन टुट्नु हुन्न

रास्वपा गाँसेर जानु तर्कपुर्ण

संसद ५ वर्ष टिकाउन साझा अपनत्व

लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र

रुपान्तरण अनुभुती हुने सुशासनको सूत्रबद्ध योजना

सत्तामा अनुभवी र नयाँको संयोजन

राज्यको डेलिभरी क्षमता वृद्धिमा टीम स्पीरिट

Tags :

प्रकाशित: १० पुष २०७९, आईतवार १२:०६