सरकारको नेतृत्व नपाए माओवादी प्रतिपक्षमा बस्ने



काठमाडौं। नयाँ सरकारकाे नेतृत्व नपाए नेकपा माओवादी केन्द्र सत्ता गठबन्धनबाट बाहिरिने भएकाे छ।

आज बिहान बसेकाे माओवादी नेताहरूकाे बैठकले सरकारकाे नेतृत्व नपाए प्रतिपक्षमा बस्ने निर्णय गरेकाे हो।

माओवादी केन्द्रले पहिलाे चरणमै सरकारकाे नेतृत्व गर्न पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेकाे छ तर, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेपछि सहमति जुट्न सकेकाे छैन।

कांग्रेसले प्रधानमन्त्री दिन नमाने माओवादी गठबन्धनबाट बाहिरिएर प्रतिपक्षमा बस्न तयार हुनुपर्ने दबाब नेताहरूले अध्यक्ष प्रचण्डलाई दिएका थिए।

पार्टीका नेताहरूकाे सन्देश बाेकेर प्रचण्ड बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन्।

स्राेतहरूका अनुसार प्रधानमन्त्री दिन कांग्रेस तयार नभए माओवादीले बालुवाटार बैठकबाटै सत्ता गठबन्धनबाट बाहिरिने निर्णय लिनेछ। ‘माओवादी सरकारमै रहनुपर्छ भन्ने केही छ र ? प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्छ’, माओवादीका एक प्रभावशाली नेताले भने।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि गठबन्धन रहने कि नरहने भन्ने विषय आजकाे बैठकबाट टुंगाे लाग्ने बताए। ‘निर्णायक वार्ता प्रचण्डले गर्नुहुन्छ। गठबन्धन रहने नरहने टुंगो त्यहीँबाट लाग्छ’, उनले भने।

नेपाली कांग्रेस सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने अडानमा छ।

Tags :

प्रकाशित: १० पुष २०७९, आईतवार १२:१८