काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुख्य संवैधानिक पद तीन पार्टीलाई मिलाएर बाँड्न प्रस्ताव गरेका छन्।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडानमा छ। प्रचण्ड बाहिरिएपछि नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री देउवासँग छलफलमै छन्।
बैठकमा देउवालाई प्रचण्ड-माधवले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एक/एक जनालाई बाँड्न प्रस्ताव गरेका थिए।
प्रकाशित: १० पुष २०७९, आईतवार १३:११