प्रचण्डपछि माधव र झलनाथ पनि बालुवाटारबाट बाहिरिए



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन्।

सत्तारुढ गठबन्धनका नेताहरू सरकार गठनको विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका थिए। एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटर पुगेका थिए।

सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व पहिले कसले गर्ने विषयमा विवाद रहेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले आफूले पहिलो पालीमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ। राष्ट्रपति सरकार निर्माणका लागि गरेको आह्वानको समय सीमा आज साँझ सकिँदैछ।

Tags :

प्रकाशित: १० पुष २०७९, आईतवार १३:२०