प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने बालकोटमा सहमति



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो।

प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने।

सत्ता गठबन्धन भत्किएपछि सरकार गठनको लागि माओवादी एमालेसँग मिल्न पुगेको हो।

 

Tags :

प्रकाशित: १० पुष २०७९, आईतवार १५:५५