काठमाडौं। प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासको बार्दलीबाट गरेको वहुचर्चित दृष्यमा अन्ततः प्रचण्ड पनि डेढ वर्षपछि मिसिएका छन्।
सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वार्ताको सहमतिपछि शीतल निवास जानुअघि ओली र प्रचण्डले सोही बार्दलीबाट सामूहिक अभिवादन गरे। बैठकस्थलबाट बाहिरिएका दुवै नेता बार्दलीमा पुगेर समर्थकहरुलाई अभिवादन गरेका थिए।
तल रहेका कार्यकर्ता र समर्थकले पार्टी फेरि एक होस् भन्ने माग गरेका थिए।
प्रकाशित: १० पुष २०७९, आईतवार १६:३९