काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ। प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए।
उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन्।
प्रचण्डले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्। सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका हुन्।
प्रकाशित: १० पुष २०७९, आईतवार १८:५०